१६ माघ, काठमाडौं । बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङ्कन माघ २० गते नेपालको चारदिने भ्रमणमा आउनुहुने भएको छ ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग राज्यमन्त्री डङकनले भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेलायती मन्त्रीले प्रमुख राजनीतिक दलका शीर्ष नेताका साथै नागरिक समाजका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
बेलायतको सहयोगमा नेपालमा सञ्चालित विकासका परियोजनाको पनि उहाँले स्थलगत अवलोकन गर्नुहुने बेलायती राजदूतावासका एक उच्च अधिकारीले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4