+

सदस्यता वितरण पारदर्शी बनाउन एघार खेल सङ्घको माग

२०७१ साउन  २२ गते १७:०३ २०७१ साउन २२ गते १७:०३
सदस्यता वितरण पारदर्शी बनाउन एघार खेल सङ्घको माग

२२ साउन, काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले आफूहरुलाई सदस्यता नदिएको भन्दै विभिन्न एघार खेल सङ्घले सामूहिक रुपमा सदस्यता वितरण पारदर्शी बनाउन माग गरेका छन् ।

एघार सङ्घमा नेपाल रग्वी सङ्घ, नेपाल र्‍याटिङ एन्ड कन्योइङ सङ्घ, मोड्रन पेनट्राइथलन एसोसिएसन, नेपाल आइस हक्की सङ्घ, नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन, नेपाल नेटबल सङ्घ र नेपाल कर्फ बल सङ्घ, छन् । यस्तै, नेपाल पर्वतारोहण तथा रक क्लाइम्बिङ सङ्घ, नेपाल कर्लिङ सङ्घ, नेपाल उडबल सङ्घ तथा नेपाल बेसबल तथा सफ्टबल सङ्घले संयुक्त रुपमा आज पत्रकार सम्मेलन गर्दै सदस्यताको माग गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् -राखेप)मा लामो समयदेखि दर्ता भएर खेलकुदका गतिविधि गर्दै आएको र ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीसमक्ष सदस्यताका लागि लामो समयदेखि नै माग गरिएको भएपनि सदस्यता नदिएपछि सामूहिक रुपमा माग अगाडि बढाएको सङ्घहरुले जनाएका छन् ।

राखेपका पूर्व उपाध्यक्ष तथा मोर्डन पेनट्राइथलन एसोसिएसनका अध्यक्ष पिताम्बर तिम्सिनाले सङ्घहरु व्यक्तिगत रुपमा जाँदा सदस्यता नदिएपछि सामूहिक रुपमा अगाडि बढ्न लागेको बताए । उनले शुक्रबार प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटी र रुक्मशम्शेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी दुवैलाई संयुक्त ज्ञापनपत्र दिने र १५ दिनभित्र सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिए ।

एघार सङ्घले आन्दोलनकै लागि तिम्सिनाको संयोजकत्वमा समितिसमेत गठन गरिसकेको छ । नेपाल आइस हक्की सङ्घका अध्यक्ष लोकबहादुर शाहीले अन्तर्राष्ट्रिय मान्यता पाएको प्रधान अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीले सदस्यता दिने प्रक्रियासमेत पारदर्शी नभएको बताए । रासस

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय