+

बार्सिलोनाले जाभीलाई बर्खास्त गर्न सक्ने

२०८१ जेठ  ४ गते १७:०८ २०८१ जेठ ४ गते १७:०८
बार्सिलोनाले जाभीलाई बर्खास्त गर्न सक्ने

४ जेठ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गर्ने सम्भावना बढेको छ ।

४४ वर्षीय जाभीले जनवरीमै सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए । तर क्लब अध्यक्ष जोन लापोर्टोले क्लबमा रहन दबाब दिएपछि सम्झौता अवधि २०२४/२५ को सिजनको अन्त्यसम्म बस्न सहमत भएका थिए ।

तर पछिल्लो पत्रकार सम्मेलनमा जाभीले क्लबको आर्थिक अवस्थाबारे गरेको टिप्पणीले बोर्ड भड्किएको छ । अब उनको स्थान बार्सिलोना बी टिमका प्रशिक्षक राफेल मार्कोजले लिने सम्भावना बढेको बीबीसीले जनाएको छ ।

बुधबार अल्मेरियाविरुद्ध खेल्नुअघि जाभीले चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँग स्पेन र अरूसँग युरोपमा प्रतिस्पर्धा गर्न आर्थिक रूपमा कठिन रहेको बताएका थिए ।

‘यसको अर्थ हामी प्रतिस्पर्धा गर्न र उपाधिका लागि भिड्दैनौं भन्ने होइन’ उनले भनेका थिए, ‘अहिले बार्सिलोनाको अवस्था यही हो । हामीलाई स्थिरता र समय चाहिन्छ ।’

रियलले यो सिजन ला लिगाको उपाधि पक्का गरिसकेको छ भने च्याम्पियन्स लिगको फाइनलमा पुगेका छ । साथै आगामी सिजनका लागि फेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फ्रान्सका फवार्ड केलियन एम्बाप्पेलाई अनुबन्ध गर्दैछ ।

च्याम्पियन्स लिगमा पनि क्वाटरफाइनलबाट बाहिरिएको बार्सिलोना स्पानिस ला लिगामा पनि लिग लिडर रियल मड्रिडभन्दा १४ अंकले पछाडि छ र दुई खेल बाँकी छ ।

प्रशिक्षक जाभी बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय