News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर नेपाल प्रिमियर लिगको दोस्रो दिन कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका छन्।
- इनिङ्स ब्रेकको समयमा उनले मैदानबाट समर्थकलाई अभिवादन गर्दै खेलाडीहरूसँग पनि कुराकानी गरे।
- १६१.३ किलोमिटर प्रतिघण्टा बलिङको कीर्तिमान बनाएका अख्तरलाई समर्थकले रावलपिंडी एक्सप्रेसका नामले पनि चिन्ने गर्दछन्।
१० कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका छन्। जारी नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेलको इनिङ्स ब्रेकको समयमा उनले मैदानबाट समर्थकलाई अभिवादन गरे। उनी पाकिस्तानका पूर्व तीव्र गतिका बलर हुन्।
उनको नाममा प्रतिघण्टा १६१.३ किलोमिटर स्पिडको बलिङ गरेको रेकर्ड छ। उनको यो रेकर्डलाई कसैले पनि भेट्टाउन सकेको छैन। उनले मैदानमा उपस्थित खेलाडीहरूसँग पनि कुराकानी गरे।
उनलाई समर्थकले रावलपिंडी एक्सप्रेसका नामले पनि चिन्ने गर्दछन् ।

































प्रतिक्रिया 4