+

पोखरा एभेन्जर्सको टाइटल स्पोन्सरमा द शाहंशाह अपार्टमेन्ट

२०८३ कात्तिक  १० गते १८:५३ २०८३ कात्तिक १० गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि द शाहंशाह अपार्टमेन्टलाई टाइटल स्पोन्सर बनाएको छ।
  • मंगलबार भएको सम्झौतामा अपार्टमेन्टका निर्देशक प्रकाश अधिकारी र पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले हस्ताक्षर गरेका छन्।
  • कुशल भुर्तेलको कप्तानीको पोखरा एभेन्जर्सले बुधबार सुदूरपश्चिम रोयल्ससँग पहिलो खेल खेल्नेछ।

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले द शाहंशाह अपार्टमेन्टलाई टाइटल स्पोन्सर बनाएको छ।

मंगलबार आयोजित कार्यक्रममा पोखरा एभेन्जर्स र द शाहंशाह अपार्टमेन्टबीच प्रायोजन सम्झौता भएको हो। सम्झौतापत्रमा अपार्टमेन्टका निर्देशक प्रकाश अधिकारी र पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले हस्ताक्षर गरेका छन्।

यस सहकार्यले टोलीको व्यावसायिक साझेदारी बलियो बनाउनुका साथै नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिता बढाउने अपेक्षा गरिएको छ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ। टोलीले प्रतियोगिताको पहिलो खेलमा बुधबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

पोखरा एभेन्जर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय