+

पूर्वाञ्चल प्रहरी नेपाल कपको उपाधि नजिक

२०७१ असोज  २९ गते १८:०० २०७१ असोज २९ गते १८:००
पूर्वाञ्चल प्रहरी नेपाल कपको उपाधि नजिक

२९ असोज, इलाम । पूर्वाञ्चल क्षेत्रीय प्रहरी टिम दोश्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगितामा र फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि इलाम रेड हर्स फुटबल टिम (नीलो) सँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

बुधबार इलामको फिक्कलस्थित करफोक उमाविको मैदानमा भएको दोश्रो तथा अन्तिम सेमिफाइनलमा प्रहरीले स्थानिय इलाम रेड फुटबल टिम, फिक्कललाई ३-१ गोलअन्तरले पराजित गर्‍यो ।

एक खेल जित्दै प्रहरीले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो चरणमा वाइ पाएर क्वाटरफाइनल पुगेको प्रहरीले क्वाटरफाइनलमा धरान फुटबल क्लबबाट वाक ओभर पाएको थियो ।

खेलमा दिपेन राईले खेलको ६ औं मिनेटमा नै गोल गरी प्रहरीलाई १-० को अग्रता दिलाए । २६ औं मिनेटमा शक्ति राईले गोल गर्दै प्रहरीको अग्रतालाई दोब्बर बनाए । इलामका विक तामाङले २८ औं मिनेटमा बललाई जाली चुमाउदै प्रहरीको अग्रतालाई २-१ मा झारे ।

तर, ५९ औं मिनेटमा प्रहरीका शक्तिले व्यक्तिगत दोश्रो र टिमका लागि तेश्रो गोल गरे । शक्ति ‘म्यान अफ म्याच’ घोषित भए ।

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ, नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको उपाधि विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय