+

दोस्रो टेष्टका लागि अष्ट्रेलियाली टीममा तीन परिवर्तन

२०७१ पुष  १ गते १९:२७ २०७१ पुष १ गते १९:२७
दोस्रो टेष्टका लागि अष्ट्रेलियाली टीममा तीन परिवर्तन

१ पुस, काठमाडौं । भारतबिरुद्धको दोस्रो टेस्ट क्रिकेटका लागि अष्ट्रेलियाली टीममा तीन परिवर्तन गरेको छ । चोटका कारण सिरिज गुमाएका कप्तान माइकल क्लार्कको स्थानमा साउन मार्सले खेल्ने छन् ।

दुई अनुभवी फास्ट बलहरु पिटर सिडल र रायन हृयारिसलाई पनि प्लेइङ ११ मा राखिएको छैन ।  हृयारिस घाइते भएपछि उनको स्थानमा मिचेल स्टार्कलाई टीममा फिर्ता बोलाइएको छ । स्टार्कले अघिल्लो महिना पाकिस्तानविरुद्धको टेस्ट खेलेका थिए ।

त्यस्तै युवा बलर जोश हृयाजलउडले पिटर सिडको स्थान लिएका छन् । २३ बर्षीय हृयाजलउडको यो डेब्यू म्याच हुनेछ । पहिलो टेस्टमा राम्रो प्रदशन गर्न नसकेपछि सिडल पहिलो रोजाइमा नपेरको क्रिकेट अष्ट्रेलियाको वेबसाइटमा उल्लेख छ ।

भारत लागि नियमित कप्तान महेन्द्र सिंह धोनीले टीममा फर्कने छन् । चोटका कारण उनले पहिलो टेष्ट गुमाएका थिए ।  कार्यबाहक कप्तान विराट कोहलीले दुबै पारीमा शतक हानेपनि टीमलाई जिताउन भने सकेनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय