+

वेष्टह्यामको प्रशिक्षकमा लोपेटेगुई

२०८१ जेठ  १० गते १९:३६ २०८१ जेठ १० गते १९:३६
वेष्टह्यामको प्रशिक्षकमा लोपेटेगुई

१० जेठ, काठमाडौं । इंग्लिस क्लब वेष्टह्यामको प्रशिक्षक जुलेन लोपेटेगुई नियुक्त भएका छन् । उनले डेभिड मोएजको स्थान लिनेछन् ।

५७ वर्षीय स्पेनिस प्रशिक्षक लोपेटेगुईले २ वर्षे सम्झौता गरेका छन्, जसमा एक वर्ष कार्यकाल थप गर्नसक्ने विकल्प पनि छ ।

अगष्टमा वल्भ्स छाडेका थिए । त्यसयता क्लबबिहीन रहेका उनले महिनाको सुरुमा वेष्टह्यामसँग सहमति गरेका थिए ।

मोएज डिसेम्बर २०१९ मा दोस्रो पटक वेष्टह्यामको प्रशिक्षक भएका थिए । उनले २०२३ मा क्लबलाई युरोपा कन्फ्रेन्स कपको उपाधि दिलाए ।

तर यो सिजन प्रिमियर लिगमा खराब प्रदर्शनपछि दबावमा आएका थिए र नवौं स्थानमा रहेर लिग टुंग्याए । यससँगै वेष्टह्यामले लगातार चौथो पटक युरापा लिग नखेल्ने भएको छ ।

स्पेन तथा रियल मड्रिडका पूर्व प्रशिक्षक रहेका लोपेटेगुईले २०२० मा सेभियालाई युरोपा लिग जिताएका थिए ।

त्यसपछि वल्भ्स गए, जतिबला क्लब प्रिमियर लिगको पुछारमा थियो । उनले क्लबलाई १३औं स्थानमा उकाले, तर क्लबको आर्थिक अवस्थाका कारण निराश भएपछि राजीनामा दिए ।

जुलेन लोपेटेगुई वेष्टह्याम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय