+

विश्वकपमा चम्कन सक्ने दश क्रिकेटर

२०७१ माघ  २१ गते ११:५२ २०७१ माघ २१ गते ११:५२
विश्वकपमा चम्कन सक्ने दश क्रिकेटर

२१ माघ, काठमाडौं । विश्वकप क्रिकेटमा राम्रो प्रदर्शन गर्ने हरेक क्रिकेटरको इच्छा हुन्छ । कतिको पुरा होला कतिको नहोला ।
फेब्रुअरी १४ बाट सुरु हुने वन डे विश्वकपमा कसको प्रदर्शन को चम्कछन्, त्यसका लागि केही हप्ता कुर्नु पर्ने हुन्छ । तर केही युवा क्रिकेटरलाई यो विश्वकपको सम्भावित स्टारका रुपमा हेरिएको छ ।

Josh Hazlewood

१.जोश हृयाजलउड, अष्ट्रेलिया

उनले सन् २०१० मा १९ बर्षको उमेरमा इन्टरनेशनल डेब्यू गरेका थिए । तर, टप लेभलमा खेल्ने मौका पाउन ३ बर्ष लाग्यो । २०१४ को अन्त्यतिर आउँदा उनी टीमका नियमित सदस्य बन्न सफल भए ।

२०१४ को नोभेम्बरमा दक्षिण अफ्रिकाबिरुद्ध ३१ रन खर्चेर ५ विकेट लिएपछि उनको  बलिङलाई अष्ट्रेलियन लेजेन्ड ग्लेन म्याकग्राथको बलिङसँग तुलना गरिएको छ । २४ वर्षका हृयाजलउड पहिलो विश्वकप खेल्दैछन् ।

Rilee Rossouw

२. राइली रोसोउ, दक्षिण अफ्रिका

विश्वकपमा रोसोउलाई दक्षिण अफ्रिका भविश्यका रुपमा हेरिएको छ । उनले २०१४ को अगस्टमा जिम्बाबेबिरुद्ध नेशनल टीममा डेब्यू गरेका थिए । उनले २०१५ को जनवरीमा वेस्ट इन्डिजबिरुद्ध पहिलो शतक बनाए । त्यसै सिरिजमा उनले अर्को शतक पनि हानेका थिए । विश्वकप अघि उनी निकै राम्रो लयमा देखिएका छन् । उनले २००८ को यू-१९ विश्वकप खेलेका थिए ।

Jos Buttler

३.जोश बटलर, इंग्ल्याण्ड

बटलर २०१४ मा सबै फर्म्याटका क्रिकेटमा इंग्ल्याण्डको पहिलो रोजाइका विकेट किपर बन्न सफल भए । २०१३ मा सिनियर टीममा डेब्यू गरेएता उनी वन डे टीमको नियमित सदस्य बने । २०१३ मा दुई शतक बनाएका उनले ०१४ मा भने एक शतक र तीन अर्धशतक बनाएका छन् ।

Trent Boult

४.ट्रेन्ट बोल्ट, न्यूजिल्याण्ड

वन डे क्रिकेटमा बोल्टको यो सुरुवाति गरियर हो । तर, २५ वर्षे पेशम्यानले विश्वका उत्कृष्ट ब्याटसक्यानहरुको विकेट लिइसकेका छन् ।

सन् २०१२ मा सिनियल डेब्यू गरेका बोल्टले १६ वन डे क्रिकेटमा १८ विकेट लिइसकेका छन् । वन डे क्रिकेटमा उनको उत्कृष्ट बलिङ श्रीलंकाविरुद्ध हो, उहाँ उनले ४४ रन दिएर ४ विकेट लिए ।

घरमै हुन लागेको विश्वकपमा न्यूजिल्याण्डको बलिङका प्रमुख हतियारको रुपमा बोल्टलाई हेरिएको छ ।

Akshar Patel

५. अक्षर पटेल, भारत

घरेलु क्रिक्रेटमा उत्कृष्ट प्रदर्शनपछि पटेल भारतीय टीम छनोटकर्ताहरुको ध्यान तान्न सफल भए । सन् २०१४ जुनमा भारतको सिनियल टीममा डेब्यू गरे । यू-२३ एसीसी इमर्जिङ टीम कप २०१३ भारतको यू-२३ को टीमले जित्दा उनी महत्वपूर्ण सदस्य थिए ।

उनले २०१४ मा भारतका लागि नौ वन डे खेले । त्यसबेला पटेलको उत्कृष्ट प्रदर्शन नोभेम्बरमा श्रीलंकाविरुद्ध ४० रन दिएर ३ विकेट थियो । १३ वाडे म्याचमा उनले १६ विकेट लिइसकेका छन् । उनी बलिङमा मात्र नभइ ब्याटिङमा पनि चल्न सक्छन् ।

Taijul Islam

६. तैजुल इस्लाम, बंगलादेश

तैजुलले सन् २०१४ को डिसेम्बरमा जिम्बाबेबिरुद्धको वन डे म्याचमै हृयाट्रिक गर्दै ड्रिम डेब्यू गरेका थिए । डेब्यू म्याचमै हृयाट्रिक लिने उनी विश्वकको पहिलो र एकमात्र बलर हुन् । लेफ्ट आर्म स्पिनर उनले ११ रन दिएर चार विकेट लिएका थिए ।

berenger

७. एन्ड्री बेरन्जर, यूएई

बेरन्जर यूएईमै जन्मिएका थिए । छात्रवृत्तिका लागि श्रीलंका जानु अघि नै उनले आफ्नो देशको प्रतिनिधत्व गर्ने मौका पाए । उनले आईसीसी यू-१९ क्रिकेटमा श्रीलंकाको टीमबाट खेलेका थिए ।

उनी अहिले फेरि यूएईको टीममा फर्किएका छन् । उनले गत नोभेम्बरमा अफगानिस्तानविरुद्धको खेलमा टीममा स्थान बनाए । उनले उक्त रिसिजको चारै खेल खेले भने सिरिजको अन्तिम खेलमा ६६ रन बनाए ।

Craig Young

८. क्रेग योङ, आयरल्याण्ड

२४ बर्षीय क्रग योङको वन डे क्रिकेटमा उत्कृष्ट प्रदर्शन सेप्टेम्बरमा स्कटल्याण्डविरुद्ध ४६ रन दिएर ५ विकेट थियो ।
२०१४ मा आयरल्याण्डले गरेको अष्ट्रेलिया र न्यूजिल्याण्डको भम्रणमा उनी लिडिङ विकेट टेकर बने । उनले २०१५ मा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायमै राखेका छन् । उनले अफगानिस्तान  र स्कटल्याण्डबिरुद्ध ३-३ विकेट लिए ।

Matt Machan

९. म्याट म्याचन, स्कटल्याण्ड

२०१३ मा वा डे डेब्यू गरेका उनले २०१४ मा न्यूजिल्याण्डमा भएको छनौट खेलमा उत्कृष्ट प्रदशन गरे । उनले २०१३ मा केन्या बिरुद्ध मेडेन सतक हानेका थिए । २०१५ को जनवरीमा आएरल्याडबिरुद्ध ८८ रन बनाएका थिए ।

Mitchell Starc

१०. मिचेल स्टार्क, अष्ट्रेलिया

स्टार्कलाई अष्ट्रेलियाको पेश बलिङका भावी लिडरका रुपमा हेरिन्छ । २०१५ को वन डे र्‍याङ्किङको ७ औं स्थानमा रहेका उनी सुरुवाती विकेट लिन माहिर मानिन्छन् । योर्कर र १४५ भन्दा माथि बलिङ गर्ने स्टार्क २०१५ मा निकै लयमा छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय