+

एपीएफलाई हराउँदै सुदूरपश्चिम क्वार्टरफाइनलमा

२०७१ माघ  २१ गते २०:०० २०७१ माघ २१ गते २०:००
एपीएफलाई हराउँदै सुदूरपश्चिम क्वार्टरफाइनलमा

२१ माघ, पोखरा । सशस्त्र प्रहरीको एपएफलाई पराजित गर्दै सुदूरपश्चिम फुटबल क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा सुदूरपश्चिमले एपीएपलाई १-० गोल अन्तरले पराजित गरेको हो । पोखरा रंगशालामा भएको खेलमा सुदूरपश्चिमका लागि शिव सुवेदीले सातौ मिनेटमा गोल गरे ।

खेलको १८ औं मिनेटमा रवी भण्डारीले सन्तोष श्रेष्ठलाई फल गरेपछि एपीएफले पेनाल्टी पायो । तर, आदित्य चौधरीको प्रहार सुदूरपश्चिमका गोलरक्षक वीरेन्द्रबहादुर चन्दले रोके ।

पहिलो हाफमा दुबै टीमबाट थप गोल हुन सकेन र एपीएफ १-० ले पछि रहृयो । दोस्रो हाफमा खेलमा र्फकने प्रयास गरिरहेको एपीएफले ५५ औं मिनेटमा झड्का ब्यहोर्‍यो ।

अबलाई फाल गरेपछि एपीएफका आदित्य चौधरी रातो कार्ड पाए । ७२ औं मिनेटमा एपीएफका शिव सुवेदी वान भर्सेज वानमा चुके । उनको प्रहार सुदूरपश्चिमका गोलरक्षकले रोके ।

१० खेलाडीमा सिमित एपीएफ खेलमा र्फकन सकेन र सुदूरपश्चिम १-० को जितका साथ अघिल्लो चरण प्रवेश गर्‍यो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय