+

बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

२०८१ जेठ  ११ गते १७:४८ २०८१ जेठ ११ गते १७:४८
बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

११ जेठ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गरेको छ । उनको स्थान बार्यन म्युनिखका पूर्वप्रशिक्षक हान्सी फ्लिकले लिने सम्भावना छ ।

अब आइतबार सेभियाविरुद्ध हुने खेल नै बार्सिलोनाको प्रशिक्षकका रूपमा उनको अन्तिम खेल हुनेछ । बार्सिलोना अध्यक्ष जोन लापोर्टे र स्पोर्टिङ डाइरेक्टर डेकोले शुक्रबार विहान जाभीलाई प्रशिक्षकमा निरन्तरता दिन नसक्ने जानकारी गराएका थिए ।

४४ वर्षीय जाभी २०२१ मा बार्सिलोनाको प्रशिक्षक बनेका थिए । उनले २०२२/२३ मा ला लिगाको उपाधि दिलाए । यो सिजन उपाधि रक्षा गर्न नसकेपछि जनवरीमा सिजनको अन्त्यमा बार्सिलोना छाड्ने घोषणा गरेका थिए ।

तर क्लबका अध्यक्ष जोन लापोर्टेले उनलाई सम्झौताअनुसार २०२५ जुनसम्म राख्न पहल गरे । अघिल्लो महिना जाभी पनि त्यसमा सहमत भएका थिए ।

तर बार्सिलोनाले युटर्न लियो । पछिल्लो एउटा पत्रकार सम्मेलनमा क्लबको आर्थिक अवस्थाबारे टिप्पणी गरेपछि बार्सिलोनाका पदाधिकारी उनलाई निरन्तरता नदिने मनस्थितिमा पुगेका हुन् ।

अन्तर्रा‍ष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार जाभीको स्थान फ्लिकले लिनेछन् ।

२०२० मा बार्यन म्युनिखलाई बुन्डेजलिगा, डीएफबी पोकल र च्याम्पियन्स लिग जिताएका५९ वर्षीय फ्लिक पछिल्लो पटक जर्मनीको प्रशिक्षक बनेका थिए । तर सेप्टेम्बर २०२३ मा बर्खास्तीमा परे ।

जाभी हर्नान्डेज बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय