+

उपाधिका लागि न्यू होराइजन र सनसाइन भिड्ने

२०७१ माघ  २३ गते १७:४४ २०७१ माघ २३ गते १७:४४
उपाधिका लागि न्यू होराइजन र सनसाइन भिड्ने

Shakti-Gauchan

२३ माघ, काठमाडौं । एसपीए कप क्रिकेटको उपाधिका लागि न्यू होराइजन कलेज भैरहवा र सनसाइन कलेज बुटवल भिड्ने भएका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा न्यू होराइजनले पेन्टागन इन्टरनेशनल कलेज काठमाडौंलाई ४४ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेका न्यू होराइजनलेले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १५५ रन बनायो । उसका लागि नुरध्वज शेनले ३३ रज बनाए भने सन्दिप सुनारले २९ रन बनाए ।
राहुल विश्वकर्माले चार ओभरमा १४ रन दिएर ४ विकेट लिए भने सागर पुनले ३ तथा निश्चल पाण्डेले एक विकेट लिएका छन् ।

जवाफमा मैदान उत्रिएको पेन्टागन १६.१ ओभरमा ११० रन जोड्दा अलआउट भयो । उसका लागि सागर पुनले मात्र १६ बलमा ८ चौका र एक छक्काको मदतमा ४० रन बनाए भने राजेश पुलामीले २४ रन जोडे । तर, अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा न्यू होराइजनका शक्ति गौचनले ३ ओभरमा एक मेडन राख्दै ११ रन दिएर तीन विकेट लिएका छन् । बाबुको निधनपछि शोकमा रहेका उनले सुरुवातका खेल गुमाएका थिए ।

शौरभ खनालले ३ ओभरमा एक मेडन राख्दै १६ रन दिएर ३ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिए । खेलमा शक्ति म्यान अफ दि म्याच बने ।

मायांक चम्किए, होलिल्याण्ड ७४ रनले पराजित

अर्को सेमिफाइनलमा सनसाइनले होलिल्याण्ड कलेज नेपालगञ्जलाई ७४ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको सनसाइनले २० ओभरमा ७ विकेट गुमाएर १६७ रज बनायो । उसका लागि शंकर रानाले ३४ बलमा ८ चौकाको मदतमा ४२ रन बनाए । सुबोध श्रीनिवासले ३०, निश्चल चौधरीले २९ र सविन शाक्यले अविजित २३ रन बनाए ।

होलिल्याण्डका आकास विष्टले दुई विकेट लिए भने अविनाश बोहोरा, अमर सिंह र सिद्धान्त राज शाहीले समान १-१ विकेट लिएका छन् ।

१६८ रनको लक्ष्य लिएर जवाफी मैदान उत्रिएको होलिल्याण्ड १९.२ ओभरमा मात्र ९३ मा अलआउट भयो । उसका लागि सिद्धान्तराज शाहीले २८ रन बनाए पनि अन्य ब्याट्सम्यान भने सस्तैमा आउट भए ।

उसलाई सस्तैमा समेट्ने क्रममा मायांक यादवले ४ ओभरमा २९ रन दिएर चार विकेट लिए । सवन अलीले २ विकेट लिए भने अमृत थापा, शावज खान र सुबोधले समान १-१ विकेट लिएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय