+

स्कटल्याण्ड फेरि चुक्यो, चार ब्याट्सम्यान डक आउट

२०७१ फागुन  ५ गते १४:११ २०७१ फागुन ५ गते १४:११
स्कटल्याण्ड फेरि चुक्यो, चार ब्याट्सम्यान डक आउट

during the ICC Cricket World Cup match between New Zealand and Scotland at University Oval on February 17, 2015 in Dunedin, New Zealand.

५ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्याण्डले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।

तेस्रो विश्वकप खेलिरहेको एसोसिएट्स राष्ट्र स्कटल्याण्डले विश्वकपमा अहिलेसम्म कुनै जित हात पार्न सकेको छैन । उसले सन् १९९९ र २००७ मा विश्वकप खेलेको थियो ।

न्युजिल्याण्डको भने यो लगातार दोस्रो जित हो । उसले समूह चरणको पहिलो खेलमा श्रीलंकालार्इ ९८ रनले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको गरेको स्कटल्याण्डले ३६ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनायो ।विश्वकपमा पहिलो पटक बलरहरू हावी भएका थिए ।

खराव सुरूवात गरेको उसले १२ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । म्याट मचहन र रिची बेरिङटनले ९७ रनके साझेदारी गरे । म्याटले सर्वाधिक ५६ र रिची बेरिङटनले ५० रन बनाए ।

स्कटल्याण्डका चार ब्याट्सम्यान डक आउट भए । वन डे इन्टरनेशनलमा चार ब्याट्सम्यान डक आउट भएको यो पहिलो पटक हो ।

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा ड्यानिअल भिट्टोरी र कोरी एण्डसरसनले समान ३–३ विकेट लिए । टिम साउदी र टेन्ट बोल्टले मसान २-२ विकेट लिए ।

स्टकल्याण्डले प्रस्तुत गरेको १४३ रनको लक्ष्य न्यूजिल्याण्डका लागि सहज मानिएको थियो । तर, सात विकेट गुमायो । न्यूजिल्याण्डले २४.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

मार्टिन गुप्टिल (१५) र कप्तान ब्रान्डन म्याकुलम (१५) ले राम्रो सुरूवात गर्ने सकेनन् । मात्र १८ रन जोड्दा न्यूजिल्याण्डले पहिलो विकेट गुमाएको थियो ।

तर, केन विलियम्सनले ३८ र ग्रान्ट इलियटले २९ रनको योगदान दिँदै टीमलार्इ जित दिलाएका हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय