प्रेम गर्नु कुनै अपराध हैन् । तर, हाम्रो समाजमा यस्तै पवित्र कामलाई अपराध ठानिन्छ र सहनै नसक्ने सजायँ दिइन्छ ।
यो तस्वीरमा देखिने १८ वर्षका युवकले कुनै ठूलो अपराध गरेका होइनन् । तर, गाउँको परम्परालाई तोडेको भन्दै उनलाई नाङ्गै पारेर गाउँ घुमाइयो ।
घटना भारतको महाराष्ट्र प्रदेशको हो । माथिल्लो जातकी युवतीसँग प्रेम गरेको आरोपमा उनलाई शुक्रबार नाङ्गोझार पारेर जुत्ताको माला लगाइयो र गाउँ घुमाइयो ताकि अरुले यस्तो ‘अपराध’ नगरुन् ।
रोहित (परिर्वतित नाम) वमबोरीका बासिन्दा हुन् । गाउँलेहरु शुक्रबार उनको घरमा जम्मा भए र उनका परिवारका सदस्यलाई कुटपिट गरे ।
त्यसपछि उनीहरुले केटालाई आइन्दा यस्तो नगर्नु भन्दै जुत्ताको माला लगाएर गधामाथि चढाएर गाउँ घुमाए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनाविरुद्ध अभियोग लगाइएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4