+

एन्फाले असन्तुष्ट पदाधिकारीमाथि कारबाही थाल्यो

२०७१ चैत  ५ गते १९:१७ २०७१ चैत ५ गते १९:१७
एन्फाले असन्तुष्ट पदाधिकारीमाथि कारबाही थाल्यो

५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले असन्तुष्ट पदाधिकारीमाथि कारबाही थालेको छ ।

बिहीबार बसेको एन्फाको बोर्ड बैठकले लगातार तीन पटक बैठकमा अनुपस्थित भएको भन्दै उपाध्यक्षत्रय कर्माछेरिङ शेर्पा, किशोर राई, विजयनारायण मानन्धर र केन्द्रीय सदस्य पंकज विक्रम नेम्बाङलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

विधानको धारा ३५ को २ अनुसार किन निलम्बन नगर्ने भनी ३५ दिन भित्र स्पष्टिकरण पेश गर्न भनिएको छ ।
स्पष्टिकरण नदिएमा चारै जालाई एन्फाले गर्ने कुनै पनि फुटबल गतिविधि र बैटकमा सहभागी गराउने बोर्ड बैठकको निर्णय छ ।

बैठकमा गणेश गापाले चैत ६ गतेबाट लागू हुने गरी ९० दिन फुटबल गतिविधिबाट अलग हुने घोषणा गरेका छन् । भ्रष्टाचारको आरोपमा लेखा समितिले थापाको अध्यक्ष पद निलम्बन गर्न भनेपछि उनले फुटबल गतिविधिबाट अलग हुने निर्णय गरेका थिए ।

तर, एन्फाले केही समयअघि मात्र थापाको फिफा निलम्बन फुकुवा भएको बताएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय