३० चैत, काठमाडौं । विश्वकै पातलो स्मार्टफोन निर्माता जिओनीले काठमाडौंमा भव्य समारोह आयोजना गरी इलाइफ एस-७ सार्वजनिक गरेको छ ।
पूर्वमिस नेपाल र मिस नेपाल-२०१५ का प्रतियोगीको बीचमा टेलिटक प्रालिका अध्यक्ष रोहित गुप्ताले ‘एस-७’ सार्वजनिक गरे । अत्याधुनिक प्रविधि र फिचरहरु रहेको ‘एस-७’को नेपालमा ३७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
आकर्षक डिजाइनमा उपलब्ध इलाइफ ‘एस-७’ मा सुपर एमोलेड ५.२ इञ्च टचस्क्रिन रहेको छ । १०८०×१९२० पिक्सेल रेजुलेसन भएको स्मार्टफोनको स्क्रिनमा गोरिल्ला ग्लास प्रयोग गरिएको छ । यसमा अमिगो ओएस ३.० प्रविधियूक्त मल्टिटच डिस्प्ले रहेको छ ।
स्मार्टफोनको सबैभन्दा आकर्षक पक्ष यसमा रहेको क्यामेरा हो । यसको पछाडि १३ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ भने अगाडि ८ मेगापिक्सेल क्यामेरा रहेको छ । सेल्फी खिच्न चाहानेहरुका लागि ‘एस-७’ उपयूक्त मोबाइल भएको कम्पनीको दाबी छ ।
लिड अटोफ्लास क्यामेरामा जिइओ ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, पानारोमा लगायतका सुविधाहरु रहेका छन् । क्यामेराबाट उत्कृष्ट फोटो तथा भिडियो कैद गर्न सकिने जियोनीका युआन दानले बताए ।
इलाइफ एस-७ एन्ड्रोइड ओएस ललिपप अपरेटिङ सिष्टममा चल्छ । यसमा अक्टाकोर १.७ गीगाहर्ज कोर्टेक्स ए५३ सीपीयू रहेको छ । दुई सीम प्रयोग गर्न मिल्ने एस-७ मा १६ जीबी आन्तरिक मेमोरी रहेको छ भने २ जीबी र्याम रहेको छ ।
स्मार्टफोनमा २७५० एमएएच क्षमताको ब्याट्रि प्रयोग गरिएको छ । जसले गर्दा स्मार्टफोन लगातार लामो समयसम्म चलाउन सकिन्छ ।
यसमा एफएम, ब्लुटुथ, डीटीएस साउन्ड सिष्टम, एमपी फोर प्लेयर, एमपी थ्री प्लेयर, फोटो तथा भिडियो इडिटर, डकुमेन्ट भ्यूअर लगायतका सुविधाहरु रहेका छन् ।
४० करोडको बिक्री
नेपालमा बिक्री वितरण सुरु भएको ७ महिनाको अवधिमा ४० करोड रुपैयाँ बराबरको जिओनी मोबाइल बिक्री भएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार नेपाली बजारमा ३२ हजार ६ सय थान जिओनी मोबाइल बिक्री भएको छ ।
भिडियो
बजारमा फिचर र स्मार्टमा जिओनी मोबाइल उपलब्ध रहेको छ । नेपालमा छोटो अवधिमै टप फाइभ ब्रान्डमा पर्न सफल भएको बताउँदै युआन दानले यस वर्ष टप थ्री र आगामी वर्ष नम्बर वान ब्रान्ड बन्ने लक्ष्य राखेको जानकारी दिए ।
नेपाली उपभोक्ता सुहाउँदो मूल्य भएको हुँदा जिओनीका स्मार्टफोन अत्याधिक रुचाइएको टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले बताए । जिओनीले मुलुकका कुना काप्चासम्म जिओनी मोबाइल पुर्याइसकेको छ ।
जिओनीले नेपालमा बजार विस्तार गर्न आक्रमक ढंगले लागेको छ । अहिलेसम्म जिओनीको प्रमोशनका लागि ६ करोड रुपैयाँ खर्च भइसकेको कम्पनीले जनाएको छ ।
नयाँ स्मार्टफोन इलाइफ एस-७ ले नेपालमा जिओनीको उपस्थिती थप बलियो बनाउन मद्दत गर्ने विश्वास कम्पनीको छ ।
स्मार्टफोन सार्वजनिक कार्यक्रममा कम्पनीले जिओनीका पहिलो १० ग्राहकलाई इलाइफ एस-७ उपहार प्रदान गरेको छ । त्यस्तै, कार्यक्रममा सहभागीमध्ये १५ जनालाई लक्कि ड्र मार्फत एस-७ प्रदान दियो । साथै, ७ जना पूर्व मिस नेपालले पनि एस-७ पाएका छन् ।
प्रतिक्रिया 4