+

सेहजादको आक्रामक ब्याटिङसँगै अफगानिस्तानको दोस्रो जित

२०७२ असार  २५ गते २२:०३ २०७२ असार २५ गते २२:०३
सेहजादको आक्रामक ब्याटिङसँगै अफगानिस्तानको दोस्रो जित

Uae

२५ असार, काठमाडौं । टी-२० विश्वकप छनोटमा अफगानिस्तानले लगातार दोस्रो जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा अफगानले यूएईलाई ८ विकेटले पराजित गरेको हो । पहिलो खेलमा अफगानिस्तानले नेदरल्याण्डलाई हराएको थियो ।

पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनायो । उसका लागि मोहम्मद साहजादले ४३ रन बनाए भने साइमन अनवरले ३५ र फैजान आसिफले २८ रन जोडे ।

१६५ रनको लक्ष्य अफगानले मोहँाद सेहजादको आक्रामक ब्याटिङको मदतमा १७.२ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टयो ।

सेहजादले मात्र ३७ बलमा सात चौका र पाँच छक्काको मदतमा ७४ रन बनाए । असगरले अविजित ४४ रन जोडे । 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय