+

पपुवा न्यूगिनीविरुद्ध नेपाल गर या मरको अवस्थामा

२०७२ असार  ३१ गते २१:२२ २०७२ असार ३१ गते २१:२२
पपुवा न्यूगिनीविरुद्ध नेपाल गर या मरको अवस्थामा

Sarad-Veswakar

३१ असार, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा शुक्रबार पपुवा न्यूगिनीविरुद्ध मैदान उत्रँदा नेपाल गर या मरको अवस्थामा हुनेछ ।

हारले लगातार दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना चकनाचुर हुनेछ । आगामी वर्ष भारतमा हुने विश्वकप खेल्ने सम्भावना कायम राख्न नेपालले प्रष्ट जित चाहिन्छ ।

तर, जारी प्रतियोगितामा पपुवा न्यूगिनी निकै राम्रो लयमा देखिएको छ । समूह एको एक मात्र अपराजित टीम पपुवा न्यूगिनीले पछिल्लो खेलमा उपाधिकै दाबेदार मानिएको आयरल्याण्डलाई हराएको छ ।

Papua-New-Guinea

ठिक विपरित नेपालको ब्याटिङमा ठूलो समस्या देखिएको छ । नेपालको ओपनिङको समस्या कायमै छ भने पछिल्लो दुई खेलमा टप अडरका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेको छैनन् ।

पहिलो खेलमा अमेरिकालाई हराउँदा उप-कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका थिए । आयरल्याण्ड र हङकङविरुद्धको खेलमा भने उनी पनि चल्न सकेनन् ।

हङकङविरुद्ध मिडियल लो अडरमा व्याटिङ गरेका शरद भेसवाकर र राजेश पुलामीले केही रन जोडेका थिए । तर, समग्रमा नेपालको ब्याटिङ अहिले पनि लयमा आउन सकेको छैन ।

विश्वकपको आशा जिवितै राख्न बाँकी दुबै खेलमा नेपालका सागर पुन, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, पारस खड्का र शरद भेसवाकर जस्ता खेलाडीको ब्याट चल्नु आवश्यक देखिन्छ ।

यस्तै बलिङतर्फ सोमापाल कामी र बसन्त रेग्मी बलिङमा राम्रा देखिए पनि अन्य बलरको सर्पोट जरुरी छ ।

हङकङसँगको हारपछि नेपालले चौथो भएर विश्वकपमा छनोट हुने प्ले अफ खेल्ने लक्ष्य राखेको छ । त्यसका लागि बाँकी दुबै खेल जितेर मात्र पुग्दैन, अन्य टीमको नजितामा पनि भर पर्नु पर्नेछ ।

पपुवा न्यूगिनी ३ खेलमा २ जितसहित ५ अंक बटुलेको छ भने ४ खेलमा मात्र १ मा नतिजा आफ्नो पक्षमा पारेको नेपालको मात्र ३ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय