+

रहमानले बनाए टेष्ट र वन डे डेब्यूमा दुर्लभ कीर्तिमान

२०७२ साउन  ९ गते १४:२१ २०७२ साउन ९ गते १४:२१
रहमानले बनाए टेष्ट र वन डे डेब्यूमा दुर्लभ कीर्तिमान

Mustafizur-Rahman

९ साउन, काठमाडौं । बंगलादेशका मुस्ताफिजुर रहमान टेष्ट र वन डेको डेब्यू खेलमा नै म्यान अफ दि म्याच घोषित हुने पहिलो क्रिकेटर बनेका छन् ।

यसअघि कुनै पनि क्रिकेटरले वन डे र टेष्ट डेब्यू दुबैमा म्यान अफ दि म्याचको उपाधि पाएका थिएनन् ।

वर्षाले प्रभावित बंगलादेश र दक्षिण अफि्रकाबीचको पहिलो टेष्ट ड्र भएको छ । पहिलो पारीमा ७८ रनले पछि परेको दक्षिण अफ्रिकाले तेस्रो दिन विना विकेटको क्षतिमा ६१ रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो ।

वर्षाका कारण चौथो र पाँचौ दिनको खेल हुन नसकेपछि टेष्ट ड्र भएको घोषणा गरिएको छ ।

खेलमा बंगलादेशका डेब्यू ब्वाई मुस्ताफिजुर रहमान म्यान अफ दि म्याच घोषित भए । पहिले ब्याटिङ गरेको दक्षिण अफि्रकालाई २४८ रनमा अलआउट गर्ने क्रममा रहमानले ४ विकेट लिएका थिए ।

यसअघि जुन १८ मा भारतविरुद्धको एकदिवसीयमा डेब्यू गरेका रहमानले ५ विकेट लिँदै म्यान अफ दि म्याचको उपाधि हात पारेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय