+

यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालको शानदार सुरुवात

२०७२ असोज  २८ गते ११:०० २०७२ असोज २८ गते ११:००

२८ असोज, काठमाडौं । यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीमाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर फिल्डिङ रोज्ने नेपालको निर्णय सही सावित भयो । पहिले व्याटिङ गरेको पपुवा न्यूगिनी २८.२ ओभरमा ४८ रन जोड्दा अलआउट भयो ।

यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालको शानदार सुरुवात

Nepal-U-19

  • फाइल तस्वीर

२८ असोज, काठमाडौं । यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीमाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर फिल्डिङ रोज्ने नेपालको निर्णय सही सावित भयो । पहिले व्याटिङ गरेको पपुवा न्यूगिनी २८.२ ओभरमा ४८ रन जोड्दा अलआउट भयो ।

जवाफमा नेपालले ९.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टयो । सुनिल धमलाले अविजित २४ र योगेन्द्र सिंह कार्कीले १६ रन बनाए । सन्दिप सुनार ४ रन बनाए ।

सुनिलको घातक बलिङ

यसअघि नेपालका सुनिल धमलाले घातक बलिङ गरे । नेपाली बलरहरु सामू निरिह देखिएको पपुवा न्यूगिनीका सुरुवाती नौ व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । दशौं नम्बरमा व्याटिङ गर्न आएका न्यू टुवा ११ रनमा अविजित रहे भने ११ औं नम्बरमा व्याटिङ गर्न आएका उसका लोहिया गुवाले १३ रन बनाए ।

सुनिलले १० ओभरमा एक मेडन राख्दै १५ रन खर्चिएर ५ विकेट लिए । आरिफ शेखले ७ रन दिएर ३ विकेट लिए । ८.२ ओभरमा बलिङ गरेका उनले ४ मेडन राखेका थिए ।

सुशील कँडेले ६ ओभरमा १ मेडन राख्दै १२ रन खर्चिएर एक विकेट लिए । ललित राजवंशी र प्रेम तामाङले विकेट नलिएपनि किफायती बलिङ गरे । दुई ओभर बल फालेका दुबैले समान ७/७ रन दिएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय