+

च्याम्पियन नेपाली टोलीलाई प्रधानमन्त्रीले दिए बधाइ

२०७२ माघ  ८ गते २०:०९ २०७२ माघ ८ गते २०:०९
च्याम्पियन नेपाली टोलीलाई प्रधानमन्त्रीले दिए बधाइ

Kp Oli_1 (1)

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गबन्धु गोल्डकपको उपाधि विजेता नेपाली टोलीलाई बधाइ दिएका छन् ।

नेपाली राष्ट्रिय टिमले ऐतिहासिक जीत हासिल गरेकोमा ओलीले खुशी व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।

‘बहराइनको यू-२३ टिमलाई ३-० को जीत हासिल गरेर नेपाली टिमले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाइ ज्ञापन गर्नुभएको छ’ सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ- साथै खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले खेलकुदको प्रवर्द्धनका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय