+

सार्बजनिक संस्थान खेलकुद प्रतियोगिता सुरु

२०७२ माघ  १५ गते १३:२७ २०७२ माघ १५ गते १३:२७
सार्बजनिक संस्थान खेलकुद प्रतियोगिता सुरु

१५ माघ, काठमाडौं । नेपाल टेलिकम कप नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता शुक्रबार सुरु भएको छ । सार्वजनिक संस्थान खेलकुद् संघको आयोजनामा सुरु भएको प्रतियोगीता अन्तर्गत शुक्रबार बुद्धिचालका खेल भएका छन् ।

प्रतियोगीतामा नेपाल टेलिकम, नेपाल आयल निगम लगायतका विभिन्न ६ वटा संस्थान र काठमाडौ महानगरपालिकाका गरी १२ जना खेलाडीहरुको सहभागीता छ । बद्धिचालका खेल शनिबारसम्म हुने छन् । बुद्धिचालमा पहिलो हुनेलाई १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

प्रतियोगीता अन्तर्गत शनिबार ५ किलोमिटर र १० किलोमिटर दुरीका दौड गरिने छ । दशरथ रंगशालाबाट सुरु हुने १० किलोमिटरको दौड खुल्ला र पुरुष कर्मचारी समूहमा गरिने छ भने ५ किलोमिटर दूरीको दौडमा महिला मात्र सहभागी हुन पाउने छन् । दौडमा १३१ जना सहभागी हुने संघले जनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय