२ सन्तानलाई केही महिनाको अन्तरमा जन्म दिदा नायिका संचिता लुइटेलको फिगर केही बदलिएको थियो । संचिता सो समयमा खुबै मोटाएकी थिइन् । तर, पछि सन्तान हुर्काएर चलचित्र र म्यूजिक भिडियोमा आउँदै गर्दा संचिताले मेन्टेन गरिन् । संचिताको स्लिम फिगरले धेरैको ध्यान खिच्यो ।
संचिताको हातमा राम्रै चलचित्रहरु पनि आए । तर, अहिले उनी एउटा आशातित चलचित्र ‘राधा’मा काम गरिरहेकी छिन् । यो चलचित्रको एक लोकगीतको छायांकनका क्रममा खिचिएका तस्बिर हेर्ने हो भने उनी खुबै मोटाएकी छिन् ।
संचिता मोटो शरीरका कारण असहज देखिएकी छिन् । निर्देशक योगेश घिमिरे संचिताको फिगरको बारेमा केही पनि बोल्न चाहन्न् । तर, यस्तो शरीरमा चलचित्र खेल्दा संचितालाई दर्शकले गाली गर्न सक्छन् । यदि, कथावस्तु नै यस्तै हो भने त्यसलाई सामान्य मान्न सकिन्छ । तर, संचिताले आफूलाई मेन्टेन नगरि चलचित्र खेलेकी हुन् भने उनको यो गल्ती नहोला भन्न सकिन्न ।
प्रतिक्रिया 4