‘पाँचौ म्यूजिक खबर म्यूजिक अवार्ड २०७३’ को उत्कृष्ट पाँचमा पर्न सफल भएका कलाकारलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । विभिन्न ३२ विधामा उत्कृष्ट पाँचको मनोनयनमा परेका सम्पूर्ण स्रष्टा र सिर्जनालाई प्रमाणपत्र प्रदान गरिएको हो ।
म्यूजिक खबर डटकमको आयोजनामा गरिएको उक्त कार्यक्रममा राष्ट्रिय भावका गीत, पप गीत, लोकदोहोरी, चलचित्र, गजल, आधुनिक गीतसंगीतका विभिन्न १ सय ६५ कला र कलाकारलाई मनोनयनका प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा डा. कृष्णहरि बराल, अर्जुन पोखरेल, दुर्गा परियार, काव्य आचार्य, सहिमा श्रेष्ठ, भविन ढुंगाना, सुपि्रया कटवाल, राजन ठकुरी, वीपी वाग्ले, राजेश हमाल, विरही कार्की, शंकर बिसी, कोपिला छिनाल, कपिल लामा, सुजन शाही, सज्जन हमाल, रविन्द्र राई, समन अधिकारी, अनुप जोशी, पारसमणि बराल, बीबी अनुरागी, निर्मल शर्मा, युवराज चौलागाईं, परशुराम रिजाल, कुमारी गुरुङ, गणेश गुरुङ, आरके गुरुङ, सागर गुरुङ, शर्मिला गुरुङ, प्रकाश सपुत, श्रीकृष्ण बम मल्ल, साजन शाह, लोकराज अधिकारी, डा.नवि अधिकारी, नृपध्वज खड्कालगायतका दर्जनौं कलाकारहरुको उपस्थिति रहेको थियो ।
असार ३० गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुन गइरहेको ‘पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड’मा सम्पूर्ण तह र तप्काको सहयोग रहने बताउँदै अध्यक्ष सुमन बैरागीले मनोनयनमा परेका सम्पूर्ण स्रष्टाहरुलाई अवार्डमा उपस्थित हुँदा अनिवार्य नेपाली पोशाकमा आउनका लागि अनुरोध गरेका थिए ।
प्रतिक्रिया 4