+
+

खानेपानी मन्त्री प्रेमबहादुर सिंहद्वारा राजीनामा

सरकारलाई दिएको समर्थन फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते १७:३०

५ साउन, काठमाडौं । न्युनतम अनुशासन पालना नगरेको भन्दै निर्वाचन आयोगले दर्ता खारेज गरिदिएको सत्तारुढ दल समाजवादी जनता पार्टीले सरकारको समर्थन फिर्ता लिएको छ ।

Prem-bahadur-singसमर्थन फिर्ता लिएसँगै खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले मन्त्री पदबाट बुधबार राजीनामा दिएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे अनलाइनखबरको जिज्ञासामा सिंहले भने, ‘राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रयासमा सहयोग पुर्‍याउन राजीनामा दिएको हुँ ।’

निर्वाचन आयोगले खारेज गरिदिएको प्रेमबहादुर सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टीले आइतबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सिंहले केपी शर्मा ओलीपछि बन्ने सरकार गठनमा सहयोग गर्ने बताएका छन् । समाजवादी जनता पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने उनी एक्ला व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?