+
+

मुगु सदरमुकाम गमगढी बजारमा आगलागी

कविराज कार्की कविराज कार्की
२०७३ साउन १३ गते १३:३१

Gamgadhi,-Mugu

१३ साउन, गमगढी । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारको एक घरमा आगलागी भएको छ । नेपाल टेलिकम नजिकै रहेको हस्तबहादुर भामको तीन तले घरमा बिहीबार विहान ९ बजे आगलागी भएको हो ।

आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको बताइएको छ । माथिल्लो तलाबाट सुरु भएको आगलागी बजारबासी नेपाल प्रहरी र नेपाली सेना लगायतको सक्रियतामा निभाइएको थियो ।

आगलागी भएको सो घरमा व्यावसाय र डेरा गरी चार परिवार बस्दै आएका थिए ।

आगलागीबाट माथिल्लो तलामा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने बीच तला र भुईं तलाको सामान आंशिक नोक्सान भएको छ ।

विद्युत सट भएर आगो लागेको अनुमान गरिएको छ । आगलागीबाट केहि घरका टेलिफोन र केबुल लाइनमा समेत क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?