गहना लगाउनु मानिसको शौखको विषय हुनसक्छ । तर गरगहना, धनपैसा भन्ने कुरा ज्यूँदो हुन्जेलमात्र त हो । जति गहना र धनपैसा भएपनि मर्दा सँगै लग्ने होइन भन्ने उखानै छ । तर यो दुनियामा यस्ता भाग्यमानी मानव कंकाल पनि छन् जसले करोडौँ रकमका गहना लगाइरहेका छन् ।
सन् १५७८ मा रोमको सडकमुनि केही रहस्यमयी चिहानहरुको उत्खनन गरिएको थियो । सोही क्रममा यस्ता गहनाधारी कंकाललाई चिहानबाट बाहिर निकालिएको थियो ।
भनाइ अनुसार मणिमाणिक्य र गहनाले सजिएका कंकाल त्यस्ता मानिसको थियो जो बहादुरी तथा इसाइ मान्यताको अटूट समर्थनका कारण पादरी बने । ती चिहान तथा कंकाललाई द क्याटाकोम्ब सेन्ट भनियो ।
ती कंकाललाई पूरै युरोपमा बाँडियो । खासगरी ती चर्चमा पठाइयो जहाँ सुधारवादी आन्दोलनका दौरान पवित्र चिजहरु न्ाोक्सान भए वा चोरी भएका थिए ।
युरोपेली चर्चहरुमा यी कंकाललाई बहुमुल्य पत्थर, गहना तथा कपडाले सजाएर राखिएको छ । यी कंकालबाट सन्देश दिन खोजिएको छ की पैसा तथा धनाढ्यताले मृत्युपछि पनि मानिसको प्रतिक्षा गरिरहन्छ ।
पुरातात्विक अन्वेषक पल कन्डोनरिजका अनुसार अझै यस्ता धेरै कंकाल सुरक्षित छन् जसलाई गहना तथा कपडाले सजाउन बाँकी छ ।
प्रतिक्रिया 4