+
+

सरकारले सम्झौता पालना गर्नुपर्छः अध्यक्ष शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २ गते १६:४५

२ कात्तिक, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सहमति जनाएका सम्झौतालाई राज्यले पालना गर्नुपर्ने बताएका छन् ।

Anupraj-Sharmaराष्ट्रिय मानवअधिकार आयोगमा मंगलबार ज्ञापनपत्र बुझाउन पुगेको राष्ट्रिय ख्रीष्टियन महासंघका प्रतिनिधिसँगको भेटमा अध्यक्ष शर्माले विगतमा महासंघसँग गरेको सहमति राज्यले पालना गर्नुपर्ने बताए । उनले धर्म मान्ने व्यक्तिको स्वतन्त्र अधिकार भएपनि जन्म र मृत्यु संस्कार मान्न पाउनुपर्ने धारणा राखे ।

भेटमा महासंघका अध्यक्ष सिबि गहतराजले सरकारले विगतमा ख्रीष्टियनहरुको राष्ट्रिय पर्व क्रिसमसको अवसरमा दिएको बिदा कटौती गरेको भन्दै पहल गरिदिन आग्रह गरेका थिए ।

महासंघका प्रतिनिधिहरुले क्रिसमसलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिनुपर्ने लगायत १५ बुँदे माग सहितको ज्ञापनपत्र आयोग अध्यक्ष शर्मालाई बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?