+

क्लोजले लिए फुटबलबाट सन्यास

२०७३ कात्तिक  १७ गते १०:१० २०७३ कात्तिक १७ गते १०:१०
क्लोजले लिए फुटबलबाट सन्यास

returns-to-german१७ कात्तिक, काठमाडौं । जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले फुटबलबाट सन्यास लिएका छन् ।

बार्यन म्युनिखका पूर्व स्ट्राइकर क्लोजले सन् २०१४ मा आफ्नो देशलाई विश्वकप जिताएका थिए । र, १६ गोल गर्दै विश्वकप फुटबलको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत बनाए ।

उनले बार्यन म्युनिखबाट दुई पटक बुन्डेजलिगा जिते । तर, गत सिजन लाजिओ छाडेपछि क्लबबिहीन थिए ।

अब क्लोज जर्मनीको कोचिङ स्टाफ बन्नेछन् । उनलाई जर्मन टोलीका प्रशिक्षक जोचिम लोले बोलाइसकेका छन् ।

पोल्याण्डमा जन्मिएका क्लोलले जर्मनीबाट २००१ मा डेब्यू गरेका थिए । देशका लागि १३७ खेल खेलेका उनले २०१४ जुनमा गर्ड मुलुरको ६८ गोलको ४० वर्ष पुरानो रेकर्ड तोडेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय