+
+

भारतीय राष्ट्रपति जनकपुर गएकोमा मधेसी नेताहरु खुशी

संविधानलाई यही रुपमा स्वीकार नगर्ने मुखर्जीलाई जानकारी

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १९ गते १५:१९
mukharjee-and-madhesi-leade
भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग सामुहिक भेटवार्ता गर्दै मधेस केन्द्रित दलका नेताहरु । तस्वीर: मुखर्जीको ट्वीटर

१९ कात्तिक, काठमाडौं । ‘सरकारले संविधान संशोधन गर्छ भन्ने हामीलाई विश्वास छैन, हामी यो संविधानलाई यहीरुपमा स्वीकार गर्दैनौं,’ मधेसी मोर्चाका नेताहरुले विहीबार साँझ हायत होटलमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटमा भने, ‘महामहिम राष्ट्रपतिज्यूको जनकपुर जाने कार्यक्रमबाट भने हामीलाई धेरै खुशी लागेको छ ।’

मुखर्जीसँगको भेटमा सहभागी मोर्चाका एक नेताले अनलाइनखबरसँग भने- ‘हामी भारतीय राष्ट्रपतिलाई भेट्न गृहकार्यका साथ गएका थियौं, उनी सेरमोनियल पदमा भएकाले सामान्य औपचारिकतामात्रै प्रकट गर्ने हाम्रो योजना थियो ।’

मोर्चाका नेताहरुले मुखर्जीसँगको भेटमा अहिलेको नेपालको संविधान समावेशी नभएकाले यहीरुपमा आफूहरुले संविधान नमान्ने र आन्दोलनमा जाने बताएका थिए ।

अहिलेको सरकारलाई आफूहरुले पनि समर्थन जनाएको तर सरकारले संविधान संशोधन गर्नेमा आश्वस्त हुन नसकेको मधेसी नेताहरुले मुखर्जीलाई बताएका थिए ।

स्रोतका अनुसार राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री प्रचण्डले आफूसँगको कुराकानीमा संविधान संशोधन गर्ने बताएको जानकारी दिँदै संविधान सबैको साझा दस्तावेज हुनुपर्ने बताएका थिए ।

करिब १५/२० मीनेटको भेटमा मधेसी नेताहरुले भारतीय राष्ट्रपतिसमक्ष संविधानको विरोध गर्दै आन्दोलनमा जानुपर्ने बाध्यता आउन लागेको जानकारी गराएका थिए ।

तर, राष्ट्रपतिले मिथिलालाई महत्व दिँदै जनकपुर भ्रमणको कार्यक्रम बनाएकोमा मधेसी नेताहरुले मुखर्जीप्रति प्रशन्नता व्यक्त गरेको मोर्चाका नेताले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?