रामनन्द सागरको चर्चित धारावाहिक सिरियल ‘रामायण’मा विभिषणको भूमिका निर्वाहा गरेका कलाकार मुकेश रावलको लास मुम्बइको कांदिवली इलाकामा फेला परेको छ । मंगलबार बिहान साढे ९ बजे मुकेशको लास कांदिवली रेल स्टेशनको पटरीमा फेला परेको हो । मुकेश बिहानै घरबाट पैसा निकाल्न वैंक गएका थिए ।
यसपछि उनलाई घाटकोपरमा डबिङका लागि जानु थियो । २४ घन्टासम्म पनि घर नआएपछि परिवारले उनको खोजिनीति गरेको थियो । फोटो हेरेपछि प्रहरीले मुकेशको लास भेट्टएिको खबर परिवारलाई दिएको थियो ।
मुकेशले दिनभर आफूले गर्ने कामको जानकारी परिवारलाई दिएका थिए । प्रहरीले अहिले मुकेशकी छोरीको बयान लिएको छ । उनको हत्या हो या आत्महत्या हो भन्ने केहि खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4