+

म्यान्चेस्टर युनाइटेड युरोपा लिगको नकआउट चरण नजिक

२०७३ मंसिर  १० गते ११:२३ २०७३ मंसिर १० गते ११:२३
म्यान्चेस्टर युनाइटेड युरोपा लिगको नकआउट चरण नजिक

manchster-united_players

१० मंसिर, काठमाडौं । इंग्लिस महारथी क्लव म्यान्चेस्टर युनाइटेड युरोपा लिग फुटबलको नकआउट चरणनजिक पुगेको छ । समूह चरणको पाचौं खेलमा नेदरल्याण्ड्सको फेयेनुर्डलाई पराजित गरी युनाइटेड समूहको दोस्रो स्थानमा पुगेको छ ।

बिहीबार राति घरेलु मैदानमा समूह एमा रहेको युनाइटेडले फेयेनुर्डलाई ४-० ले हराउँदै युनाइटेडले पाँच खेलमा ९ अंक जोडेको छ । समान खेलबाट १० अंकसहित टर्कीको फेचरबाचे यस समूहको शीर्ष स्थानमा छ ।

युनाइटेडले समूहको अन्तिम खेलमा युक्रेनको जोर्यासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

बिहीबारको खेलमा युनाइटेडलाई जिताउन कप्तान वायने रुनी, जुहान माटा र जेसे लिंगार्डले गोल गरेका थिए । फेयेनुर्डका बार्डली जोन्सले आत्मघाती गोल गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय