+
+

भारतबाट तस्करी गरी ल्याइँदै गरेको करोडौँ मूल्यको दाल बरामद

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २० गते ९:३५

birjung (1)२० मंसिर, वीरगन्ज । सीमावर्ती भारतको खमिया गाउँबाट अवैधरुपमा तस्करी गरी नेपालतर्फ ल्याइँदै गरेको करोडौँ मूल्य बराबरको मासको दाल आज बिहान पर्सा प्रहरीले समातेको छ ।

भारत पश्चिमी चम्पारनको खमिया गाउँको बाटो भएर छवटा भारतीय नम्बरको ट्र्याक्टरमा अवैधरुपमा ल्याइरहेको करिब रु एक करोडभन्दा बढी मूल्यको साढे १३ सय बोरामा रहेको करिब ४० हजार किलो मासको दाल पर्सा प्रहरीले आज बिहान ४ बजे समातेको हो ।

पर्साका प्रहरी उपरीक्षक गोविन्द साहको नेतृत्वमा गएको टोलीले जिल्लाको जानकी नगर–९ बाट सो दाल पक्राउ गरेको हो । सो दाल कस्को हो खुल्न सकेको छैन ।

समातिएको सो दाल छानबिन गरी भन्सार कार्यालयमा बुझाउने भनेर जिल्ला प्रहरी कार्यालय पर्सामा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?