अभिनयसँगै प्रेमको रंगले रंगिएका छन् नायक सौगात मल्ल । सौगात मल्लको अभिनयको फ्यान त लाखौ होलान् । तर, उनी अहिले नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठसँगको प्रेमले पनि चर्चित छन् । सौगात र श्रृष्टीले एक अर्कालाई प्रेम प्रस्ताव भने राखेका छैनन् ।
तर, पनि सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चाहेको सौगातले नै मिडियासँग बताएका थिए । रमाइलो कुरा त के छ भने, सौगातसँग काम गर्ने चाहना रहेको भनाई चलचित्र ‘गाजलु’ रिलिजको समयमा नायिका श्रृष्टी श्रेष्ठले राखेकी थिइन् ।
अहिले, श्रृष्टी सौगातसँग चलचित्रमा काम पनि गरिरहेकी छिन् भने प्रेममा पनि डुबेकी छिन् । सौगातसँग काम गर्न चाहन्छु भनेर अर्की नायिका बर्षा राउतले पनि मिडियासँग भनिन् । तर, राउतले अहिलेसम्म उनीसँग काम गर्ने अवसर पाएकी छैनन् । सौगातसँग काम गर्ने चाहना राख्ने कलाकारमा अब बर्षाको नाम पनि थपिएको छ ।
शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा जब नायक सौगात मल्लले चलचित्र ‘फन्को’बाट उत्कृष्ट नायकको अवार्ड जिते, स्टेजमा नायिका नम्रता श्रेष्ठ पुगिन् । सौगात समारोहमा सहभागी थिएनन् ।
चलचित्र ‘फन्को’मा नायिका श्रेष्ठको अभिनय छैन । तर, यो चलचित्रको टिमलाई अवार्ड लिने जिम्मा नछाडेर नम्रता आफै स्टेजमा किन गइन् ? गसिप बजारमा अहिले यसको चर्चा भैरहेको छ ।
नम्रता र सौगातले चलचित्र ‘छड्के’मा एकसाथ काम गरेका थिए । यहिबाट नै यी दुइको मित्रता अगाडि बढेको हो । सायद, नम्रताले सौगातसँगको यहि पुरानो मित्रतालाई नै कायम गरेको हुनसक्छ ।
तर, अभिनयमा डुबेर काम गर्ने सौगातसँग पर्दा शेयर गर्न नेपाली नायिकाहरु लालयित छन् भन्ने देखिएको छ । के सौगातको अवार्ड लिएर नम्रताले उनीसँग फेरि काम गर्ने चाहना राखेकी हुन् त ?
सौगातको तस्बिर सौजन्यः स्ट्रिट नेपाल
प्रतिक्रिया 4