+
+

असन्तुष्ट पक्षको माग सकेसम्म सम्बोधन गर्छुः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २० गते १४:१४

२० मंसिर, ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्ट पक्षको माग सम्बोधन गरी अघि बढ्न आफू तयार भएको बताएका छन् । मुलुकलाई निकास दिन दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए ।

prachand-at-lalitpurनेपाल विज्ञान प्रविधि प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबैलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरे ।

‘संसदमा एउटा संशोधन प्रस्ताव दर्ता गराएको कुरा यहाँहरु सबैलाई थाहा छ । यद्यपी त्यसमा अहिले बहस चलिराखेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सबै असन्तुष्ट र आन्दोलनरत पक्षहरुलाई पनि सम्बोधन गर्न सकिने जति मागहरु सम्बोधन गरेर निर्वाचनतिर लागौं ।’

देशलाई निकास दिनकै लागि सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै उनले त्यसमा राजनीतिक सहमति जुट्ने विश्वास व्यक्त गरेे । प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्थिरता र आर्थिक उन्नतिका लागि सबै नेपाली एक हुनुको विकल्प नरहेको धारणा समेत राखे ।

‘राजनीतिक स्थिरताको वातावरण बनाउनु र देशलाई आर्थिक विकासतिर केन्दि्रत गर्नु राष्ट्रको सबभन्दा ठूलो जिम्मेवारी र चुनौति हो,’ उनले भने, ‘यो जिम्मेवारी र चुनौति पूरा गर्नको निम्ति सम्पूर्ण नेपालीहरु एक हुनुको कुनै विकल्प छैन ।’

प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधिको क्षेत्रमा लगानी अभिवृद्धि गर्न सरकार लागिपर्ने प्रतिवद्धता पनि जनाए । उनले सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला बनाउन आफू केन्दि्रत हुने आश्वासन पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?