हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौला ४० बर्ष कटिसक्दा पनि अविवाहित नै छिन् । उनको बिहेको बिषयमा थुप्रै चर्चा त हुन्छ । तर, दीपा भर्खर चलचित्र निर्देशनमा प्रवेश गरेकी छिन् । यसैले, अझै बिहे गर्ने बेला नभएको उनको भनाई छ ।
‘रेडियो अडियोको दसौ बाषिर्कोत्सव’मा पुगेकी दीपाले बिहेको कुरा निकालिन् । उनले बिहे गर्ने बेला भएपछि मान्छे दुब्लाउदो रहेछ पनि भनिन् । तर, थपिन्-‘बिहे गर्ने भएपछि दुब्लाउनु पर्दो रहेछ । यसैले मेरो बिहे पनि भएको छैन, दुब्लाएकी पनि छैन ।’
दीपाले रमाइलो गर्दै थपिन्-‘मलाई बिहे गर्ने केटा दुब्लाउँछ कि मोटाउछ, त्यो उसलाई नै थाहा होला ।’कहिले केटा नपाएको त कहिले बेला नभएको भन्दै दीपाश्रीले बिहेको बिषयलाई पाखा लगाउँदै आएकी छिन् । तर, वुढेसकालको साथी त श्रीमान् नै हो भन्न उनी पछि पर्दिनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4