+
+

तपाईंको हात काँप्छ ? यी हुन सक्छन् कारण

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १४ गते १६:१३

shaky-hands

१४ पुस, काठमाडौं । धेरै काम गर्दा हात काँप्नु स्वाभाविकै हो । तर,शारीरिक परिश्रमबिनै पनि हात बारम्बार काँपिरहनु स्वास्थ्यका दृष्टिले राम्रो संकेत हैन । चिकित्सकका अनुसार, हात काँप्नुका विभिन्न कारण हुनसक्छन् । त्यसमध्ये केही कारण यस्ता छन्ः

१. उच्च रक्तचाप: उच्च रक्तचापका कारण शरीरमा रक्तसञ्चार बढी हुने गर्छ । जसले गर्दा हात काँप्न थाल्छ ।

२. चिनीको मात्रा: शरीरमा चिनीको मात्रा कम हुँदा पनि तनावको कारण हात काँप्न सक्छ ।

३. भिटामिनको कमी: शरीरमा भिटामिन बी १२ को कमीले कमजोरी भएर हात काँप्ने समस्या निम्तिन सक्छ ।

४. एनिमिया: एनिमियाका कारण शरीरमा रगतको कमी हुन पुग्छ । जसले गर्दा शरीर कमजोर भई हात काँप्छ ।

५. स्ट्रोक: स्ट्रोकका कारण शरीरमा रक्तसञ्चार राम्रोसित नभएर पनि हात काँपेको हुन सक्छ ।

६. तनाव: शरीरमा कार्टिसोल नामक हर्मोन बढेमा तनाव बढेर रक्तसञ्चार राम्ररी हुन पाउँदैन र हात काँप्न थाल्छ ।

७. ट्रिमर: मस्तिष्कमा रहेको न्युरो ट्रान्समिटर केमिकल लिक भएपछि पनि हात काँप्न सक्छ ।

माथिका विभिन्न कारणमध्ये कुनै एक समस्या हुन सक्ने भएकाले बारम्बार हात काँपिरहेमा चिकित्सकको परामर्श लिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?