२८ फागुन, काठमाडौं ।विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपाल र केन्याबिचको पहिलो खेल बर्षाका बाबजुत सम्पन्न भएको छ । भारी बर्षाका कारण खेलको अनिश्चितता भए पनि यसअघिका अन्तर्राष्ट्रिय म्याचमा जस्तै खेल हेर्न आउने दर्शकको सहभागिता थेगिसक्नु थियो ।
घरेलु टोलीलाई उत्साह दिन र अन्तर्राष्ट्रिय खेलको मज्जा उठाउन त्रिबि क्रिकेट मैदानमा हजारौं दर्शक पुगे । मैदानभित्र मात्रै हैन, बाहिरबाट पनि म्याच हेर्न दर्शकको साथ नेपाली टोलीले पाएको थियो । रुखमै चढेर पनि दर्शकहरु खेल हेरिरहेको दृश्यले एशोसियट क्रिकेट खेल्ने नेपालमा क्रिकेट क्रेज कति छ ? भन्ने प्रष्ट्याउँछ ।
बर्षाको पनि पर्वाह नगरी घरेलु दर्शकहरु आफ्नो टोलीको प्रदर्शन उकास्न उत्साह थपिरहे । क्रिकेटमा मैदानमा खेल्ने ११ खेलाडी जति सशक्त भूमिकामा हुन्छन्, टोलीलाई सर्पोट गर्न रंगशालामा आएका दर्शकको पनि उत्तिकै महत्व हुन्छ भन्ने मानिन्छ । त्यसैले दर्शकलाई मैदानको ‘१२ औं खेलाडी’ भनिन्छ ।
आज पनि नेपाली टोलीले घरेलु दर्शकले ‘नेपाल-नेपाल’ भन्दै उत्साह थपिरहेका छन् । यसले पाहुना टोलीलाई पनि मनोवैज्ञनिक दबाव बनाइरहे ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल केन्यासँग पराजित भएको छ ।
प्रतिक्रिया 4