+

लिसेस्टरको विजयी यात्रामा पूर्णविराम, सण्डरल्याण्ड रेलिगेशन नजिक

२०७३ चैत  २८ गते ९:५६ २०७३ चैत २८ गते ९:५६
लिसेस्टरको विजयी यात्रामा पूर्णविराम, सण्डरल्याण्ड रेलिगेशन नजिक


२८ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा इभर्टनले लिसेस्टरको विजयी यात्रामा पूर्णविराम लगाएको छ । म्यानचेष्टर युनाइटेडसँगको हारपछि सण्डरल्याण्ड भने रेलिगेशन नजिक पुगेको छ ।

आइतबार राति भएको खेलमा इभर्टनले लिसेस्टरमाथि ४–२ गोल अन्तरको जित हात पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा इभर्टनले पहिलो मिनेटमा नै डेभिसको गोलबाट अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेन । चौथो मिनेटमा नै स्लिमनीले बराबरी गोल गरे ।

१० औं मिनेटमा अलब्राइटनले गोल गर्दै लिसेस्टरलाई २–१ को अग्रता दिलाए । उसले पनि यसलाई जोगाउन सकेन ।

२३ औं मिनेटमा लुकाकुले गोल गरे । ४३ औं मिनेटमा जागियेल्काले गोल गरेपछि पहिलो हाफमा घरेलु टोली इभर्टन ३–२ को अग्रता लिन सफल भयो ।

५७ औं मिनेटमा लुकाकुले दोस्रो गोल गरे । यो हार इर्भटनका प्रशिक्षक रिनेरीको बर्खास्तीपछि पहिलो हो ।

जितपछि इभर्टनको ३२ खेलबाट ५४ अंक भएको छ र सातौं स्थानमा छ भने ३१ खेलबाट ३६ अंक जोडेको लिसेस्टर ११ औं स्थानका छ ।

अर्को खेलमा म्यानचेष्टर युनाइटेडले १० खेलाडीमा सिमित सण्डरल्याण्डलाई ३–० ले हराएको छ । सण्डरल्याण्डको घरेलु मैदानमा भएको खेलमा ३० औं मिनेटमा जाल्टन इब्राहिमोभिचले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

४३ औं मिनेटमा लार्सनले रातो कार्ड पाए र घरेलु टोली १० खेलाडीमा सिमित भयो । ४६ औं मिनेटमा हेनरिक र ८९ औं मिनेटमा रासफोर्डले गोल गरे ।

जितपछि युनाइटेड ३० खेलबाट ५७ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । सण्डरल्याण्ड भने ३१ खेलबाट २० अंकसहित अंक तालिकाको पुछारमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय