
२२ बैशाख, हेटौंडा । मकवानपुरको हेटौंडास्थित शिवम् सिमेन्टको खानी क्षेत्रमा रहेका पाँचवटा एक्साभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।
गढि गाउँपालिका-७ सुकौरास्थित चुनढुंगा खानी क्षेत्रमा रहेका ८ मध्ये ५ वटा एक्साभेटरमा गएराति आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
आगजनी भएका ५ वटै एक्साभेटर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्ट उद्योगका सम्पर्क अधिकृत अच्युत पराजुलीका अनुसार आगजनीबाट चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4