नेपाली चलचित्रका कलाकारहरुले स्थानिय निकायको निर्वाचनमा उत्साहजनक सहभागीता जनाए । कलाकारहरुले यसपटकको निर्वाचनले आफ्ना प्रतिनिधीले जनताको मतको सम्मान गर्ने समेत बताएका छन् ।
नायिका केकी अधिकारीले पनि जोरपाटीमा रहेको एक बोडिङ स्कुलमा पुगेर मतदान गरिन् । उनी मतदान गर्न बेलुकी साढे ५ बजेमात्र पुगेकी थिइन् । मतदानपछि अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘यदि मैले मतदान गरेका उम्मेदवारले जितेको खण्डमा म बारम्बार उहाँलाई खबरदारी गरिरहनेछु ।’
उनले, स्थानिय क्षेत्रको विकास किन भएन भनेर खबरदारी गरिरहने, प्रश्न सोधिरहने बताइन् । यस्तै, उनले विकासका आधारभुत आवश्यकतालाई तिव्र गतीमा निर्माण गर्नुपर्ने बताइन् । यसका लागि, विजयी हुने उम्मेदवारले गम्भिर रुपमा काम गर्ने केकीको विश्वास थियो ।
तस्बिरः श्रीधर पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4