+

मध्यपश्चिमलाई हराउँदै एपिएफ प्रधानमन्त्री कपको सेमिफाइनलमा

२०७४ जेठ  १९ गते १६:५६ २०७४ जेठ १९ गते १६:५६
मध्यपश्चिमलाई हराउँदै एपिएफ प्रधानमन्त्री कपको सेमिफाइनलमा

१९ जेठ, काठमाडौं । सशस्त्र प्रहरीको एपिएफ टोली प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको समूह ए बाट सेमिफाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न खेलमा मध्यपश्चिमाञ्चललाई ५ विकेटले हराउँदै एपिएफले अन्तिम चारको यात्रा तय गरेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै एक सय ८१ रन बनाएको थियो ।

टिमको स्कोर ६६ रन हुँदा ५ विकेट गुमाएको मध्यपश्चिमका लागि अनुपम सिंहले अर्धशतकीय पारी खेले । ९५ बल खेलेका अनुपमले ५६ रन बनाए । राजवीर सिंहले ३७ र सिद्धान्द शाहीले अविजीत ३५ रन बनाए ।

बलिङतर्फ सशस्त्रका भुवन कार्कीले तीन तथा अभिनाश बोहोराले दुइ विकेट लिए ।

जवाफमा एक सय ८२ रनको लक्ष्य सशस्त्रले २८ ओभर दुइ वलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । सशस्त्रको जितमा संदिप सुनारले उत्कृष्ट प्रदर्शन गरे । टिमको स्कोर २३ रन हुदा ओपनर सुवास खकुरेललाइ ब्यक्तिगत १२ रनमा गुमाएको सशस्त्रको पारीलाइ सन्दीप र आरिफ शेखले अघि बढाएका थिए । यी दुइ को जोडीले दोस्रो विकेटका लागि ९२ रनको साझदारी गरेपछि सशस्त्र दवावमा आएन ।

सन्दीप ८७ रनमा अमर राउटेलाको बलमा आउट भए । ८३ बलको सामना गरेका सन्दीपले ५ छक्का र ७ छक्का प्रहार गरे । आरिफले ४० रनको योगदान दिए । पृथु बास्कोटा १५ रनमा अविजीत रहे ।

एक खेल अगावै समुह ए बाट सेमिफाइनल पुगेको सशस्त्रले समूहको अन्तिम खेलमा भोलि मध्यमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलले समुह विजेताको टुगो लगाउनेछ । पश्चिमाञ्चल यसअघिनै समुह ए बाट सेमिफाइनल पुगिसकेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय