+
+

करिश्माको स्टाइल

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २२ गते ११:०६


नायिका करिश्मा मानन्धरको चर्चा पछिल्लो समयमा २ प्रकारले छ । एक त उनी राजनीतिमा लागेपछि धेरैले उनको टिप्पणी गरिरहेका छन् । अर्कोतिर, अहिले करिश्मा पति विनोद मानन्धरसँगको सम्बन्धका कारण चर्चामा छिन् । पतिले आफूलाई काठमाण्डौमा भोट हाल्ने अधिकार छिनेको भन्दै करिश्माले स्टाटस लेखेपछि यसले मिडियामा ठूलो बहस निम्त्यायो ।

तर, जे भएपनि नायिका करिश्मा मानन्धरको पहिरन, सुन्दरता र स्टाइलको भने सधै नै चर्चा हुन्छ । करिश्मा सार्वजनिक कार्यक्रममा सधै नै भिन्न देखिने कोशिश गर्छिन् ।

आजसम्म, करिश्मालाई मिडियामा हाइलाइटमा राख्ने मुख्य माध्यम नै उनको सुन्दरता र पहिरन बनेको छ । चलचित्रको पर्दामा कमजोर बन्दै गएपनि सुन्दर नायिका लाइमलाइटमा भने सधै नै रहेकी हुन्छिन् ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?