५ असार, भैरहवा । आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनमा रुपन्देही जिल्लाको ८ सय ७ खुल्ला पदका लागि ४ हजार ४ सय ८७ जनाको उम्मेदवारी परेको छ ।
जिल्लाको एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिकाको ८ सय ७ पदका लागि ४ हजार ४ सय ८७ जनाको उम्मेदवारी परेको हो ।
रुपन्देहीको सदरमुकाम भैरहवाको (सिद्धार्थ नगरपालिका) १३ वडामा ६७ पदका लागि ११ जना मेयर र १२ जना उपमेयरसहित ३ सय ९२ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै बुटवल उपमहानगरपालिकाको १९ वडामा ९७ पदका लागि १६ जना मेयर र ९ जना उपमेयरसहित ४ सय ३९ जनाको उम्मेदवारी परेको छ ।
तिलोत्तमा नगरपालिकाको १७ वटा वडामा ८७ पदका लागि १५ जना मेयर र ९ जना उपमेयरसहित ३ सय ६० जनाको उम्मेदवारी दर्ता भएको छ ।
सैनामैना नगरपालिकाको ११ वटा वडामा ५७ पदका लागि १३ जना मेयर र ८ जना उपमेयरसहित २ सय ७२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
देवदह नगरपालिकाको १२ वटा वडामा ६२ पदका लागि ११ जना मेयर र ७ जना उपमेयर सहित ३ सय ५ जनाको उम्मेदवारी दर्ता भएको छ भने लुम्बिनी सास्कृतिक नगरपालिकाको १३ वटा वडामा ६७ पदका लागि मेयर र उपमेयर सहित ४ सय ७० जनाले उम्मेदवारी दिएका छन् ।
रोहिणी गाउँपालिकाको ७ वटा वडामा ३७ पदका लागि ८ जना अध्यक्ष र ८ जना उपाध्यक्ष सहित २ सय ७ जनाले मनोनयन पत्र दाखिला गरेका छन् भने ओमसतिया गाउँपालिकाको ६ वटा वडामा ३२ पदका लागि पनि २ सय ७ जनाको उम्मेदवारी परेको छ ।
यस्तै सियारी गाउँपालिकाको ७ वटा वडामा ३७ पदका लागि ९ जना अध्यक्ष र ६ जना उपाध्यक्ष सहित १ सय ८९ जना उम्मेदवारी दिएका छन् भने मायादेवी गाउँपालिकाको ८ वडामा ४२ पदका लागि मेयर र उपमेयर सहित ३ सय ६ जना उम्मेदवारी दिएका छन् ।
त्यस्तै कोटहीमाई गाउँपालिकाको ७ वटा वडामा ३७ पदका लागि १६ जना अध्यक्ष र ९ जना उपाध्यक्ष सहित २ सय ७९ जनाको मनोनयन पत्र दाखिला भएको छ भने मर्चवारीमाई गाउँपालिकाको ७ वटा वडामा ३७ पदका लागि ११ जना अध्यक्ष र ११ जना उपाध्यक्ष सहित १ सय ७३ जनाको उम्मेदवारी परेको छ ।
कञ्चन गाउँपालिका ५ वटा वडामा २७ पदका लागि १० जना अध्यक्ष र ८ जना उपाध्यक्ष सहित १ सय ६५ जनाले उम्मेदवारी दिएका छन् भने गैडहवा गाउँपालिकाको ९ वटा वडामा ४७ पदका लागि २ सय ५९ जनाको मनोनयन पत्र दाखिला भएको छ ।
सम्मरीमाई गाउँपालिकाको ७ वटा वडामा ३७ पदका लागि १० जना अध्यक्ष र ९ जना उपाध्यक्ष सहित २ सय ४९ जनाको उम्मेदवारी परेको छ भने शुद्धोधन गाउँपालिकाको ७ वटा वडामा ३७ पद लागि ९ जना अध्यक्ष र ९ जना उपाध्यक्ष सहित २ सय १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया 4