+
+

निश्चल र आशिफको अगाडि टल्कियो सुमीको जवानी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २५ गते १०:३६


यतिबेला, आम नेपालीको मुखमा एउटा गीत झुन्डिएको छ । चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतले हंगामा मच्चाइरहेको छ ।

अब, यही चलचित्रमा समावेश अर्को एउटा गीतको भिडियो पनि सार्वजनिक भएको छ । ‘टलटल टल्क्यो जवानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

क्लबमा छायांकन गरिएको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र निश्चल बस्नेतलाई फिचरिङ गरिएको छ । साथमा ‘मिस तामाङ -२०१२’ सुमी मोक्तानलाई पनि हट अवतारमा भिडियोमा देख्न सकिन्छ ।

गीतमा आशिफ शाह, निश्चल बस्नेत र मिना निरौलाको स्वर छ । रोशन थापाको संगीत, एकतारे र सुरज शाही ठकुरीको शब्द गीतमा छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो भिडियोमा हरि हुमागाँइको छायांकन, लोकेश बज्रचार्यको सम्पादन छ । यो चलचित्र भदौ २३ गतेबाट नेपालभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?