+

घरेलु मैदानमा भ्यालेन्सियासँग बराबरीमा रोकियो रियल मड्रिड

२०७४ भदौ  १२ गते १०:३१ २०७४ भदौ १२ गते १०:३१
घरेलु मैदानमा भ्यालेन्सियासँग बराबरीमा रोकियो रियल मड्रिड

१२ भदौ, काठमाडौं । साविक बिजेता रियल मड्रिडले स्पेनिस लालिगामा घरेलु मैदानमा भ्यालेन्सियासँग बराबरी खेल्दै अंब बाँडेको छ ।

सान्टियागो बर्नबाउमा भएको खेलमा मिडफिल्डर मार्को एसेन्सियोको शानदार प्रदर्शनबाट रियल हारबाट जोगियो । उसले भ्यालेन्सियालाई २-२ को बराबरीमा रोकेको हो ।

लालिगाको पहिलो खेलमा रातो कार्ड पाएर एक खेलको प्रतिबन्धमा परेका सर्जियो रामोसका कारण पहिलो रोजाइमा मौका पाएका एसेन्सियोले १०औं मिनेटमै शानदार गोलमार्फत घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

तर, पाहुना टोली भ्यालेन्सियाका कार्लोस सोलेरले १८औं मिनेटमै रियलको अग्रता तोड्दै बराबरी गोल फर्काए । टोली लाटाको क्रसमा उनले गोल गरेका थिए ।

प्रतिबन्धमा रहेका सुपरस्टार रोनाल्डो विनाको रियल दोस्रो हाफमा पनि हावी भएको थियो । तर, भ्यालेन्सियाका लागि डेब्यू गरेका जेफ्री कान्डोगवियाले रियलका गोलकिपर केलोर नाभासलाई विट गर्दै ७७ औं मिनेटमा गोल गरेपछि रियलले घरेलु मैदानमा पछि परेको थियो ।

८३औं मिनेटमा एसेन्सियोले व्यक्तिगत दोस्रो र टिमका लागि बराबरी गोल गर्दै रियललाई घरमै हारबाट जोगाएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय