+

ताजिकिस्तानबिरुद्ध बिमलले गरे गोल

२०७४ भदौ  २० गते १६:२५ २०७४ भदौ २० गते १६:२५
ताजिकिस्तानबिरुद्ध बिमलले गरे गोल

 

२० भदौ, काठमाडौं । एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानबिरुद्धको खेलमा सुरुवाती ३० मिनेटभित्रै २ गोल खाएको नेपालले दोस्रो हाफमा एक गोल फर्काएको छ ।

खेलको ६१औं मिनेटमा नेपालका लागि सब्सिच्युड स्ट्राइकर बिमल घर्तीमगरको उत्कृष्ट गोलसँगै नेपालले गोलअन्तर २-१ मा झारेको छ । अञ्जन विष्टको पासमा बिमलले गोल गरेका थिए ।

बिमल नवयुग श्रेष्ठलाई प्रतिस्थापन गर्दै ३९औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

खेलको २५औं मिनेटमा ताजिकिस्तानले गोलको अग्रता बनाएको थियो । ताजिकिस्तानका उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गर्दा नेपाली डिफेण्डर र गोलरक्षक किरण चेम्जोङले कुनै मौका पाएनन् ।

पहिलो गोल गरेको पाँच मिनेटपछि नै ताजिकिस्तानले अर्को गोल थप्यो । अलिभले प्रहार गरेको बल किरण चेम्जोङले राम्ररी कलेक्ट गर्न नसक्दा आएको अवसरलाई भासिव दिल्सोभले सदुपयोग गरेका थिए ।

खेलको सुरुवातदेखि नै नेपाल ताजिकिस्तानसामू कमजोर देखिएको छ । युवा खेलाडीले भरिएको नेपाली डिफेन्स लाईन आजको खेलमा कमजोर देखिन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय