+
+

आज चित्रगुप्त जयन्ती, कलमको पूजा गरिदै

महेश दास महेश दास
२०७४ कात्तिक ४ गते १०:४७

४ कत्तिक ,बीरगन्ज । आज श्री चित्रगुप्त जयन्ती । यमपन्चकको अन्तिम यम द्वितीयाका दिन श्री चित्रगुप्त जयन्ती एब पुजनोत्सब हुने गर्छ ।

कलम र दबातको पनि आज पूजा हुने गरिन्छ । चित्रगुप्त कायस्थ जातिको इष्ट देबता पनि भएकोले देश बिदेशमा रहेका सम्पूर्ण कायस्थहरुले आज भगवान चित्रगुप्त एब कलम दबातको पूजा गर्ने गर्छन ।

यमराजको दरबारमा पाप र पुण्यको लेखाजोखा चित्रगुप्तले राख्ने पुराणमा उल्लेख छ। मनुष्यको कर्मको लेखाजोखा जीवनको मृत्यु पश्चात यमराज समक्ष चित्रगुप्तले राख्ने र सोही अनुसार स्वर्ग र नर्क यमराजले फैसला गर्ने गरेको किबदन्ती रहेको छ ।

चित्रगुप्त परमपिता ब्रह्माजीको अंश कायाबाट उत्पन्न भएको पुराणमा उल्लेख छ । चित्रगुप्तको एक हातमा कलम र दबात एब अर्को हातमा किताब रहेको छ ।

कायस्थहरु आज कलम र दबातको साथै चित्रगुप्तको पूजा भब्री रुपमा गर्छन । बीरगन्ज, काठमाडौ, राजबिराज , जनकपुर र गौरमा रहेको चित्रगुप्त मन्दिरमा आज दिनभरी भिडभाड रहने गर्छ भने अन्य स्थानहरुमा माटो को मूर्ति स्थापित गरी पूजाआजा गरी भोलिपल्ट बिसर्जन गर्ने गरिन्छ।

कतिपय स्थानमा आज पूजाको लागि भगवान चित्रगुप्तको हातमा राखिने कलम मोल बढाबढ गरि लिलाम गरिन्छ। भगवानको प्रसादको रुपमा पनि आज कलम बाँडिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?