+
+

खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री बाधक

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ८ गते ६:३९

८ कात्तिक, काठमाडौं । संसदीय समिति र विभागीय मन्त्रालयले दोषी ठहर्याएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री जयन्त चन्द बाधक बनेका छन् ।

निगमको इन्धन भण्डारणका लागि जग्गा किन्दा अनियमितता गरेको आरोप लागेका खड्कालाई मन्त्रालय तान्न निर्वाचन आयोगले सहमति दिएको छ । तर, नवनियुक्त मन्त्री चन्दले खड्कालाई मन्त्रालय ल्याएर हाजिर गराउन आलटाल गरेका हुन् ।

करिब डेढ अर्ब रुपैयाँ घोटालाका आरोपित खड्कालाई निगममै राख्दा थप क्षति हुने भन्दै तत्कालीन आपूर्ति मन्त्री शिवकुमार मण्डल र आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाले मन्त्रालय तान्न निर्वाचन आयोगबाट अनुमति लिएका थिए । खड्कालाई मन्त्रालयमा हाजिर गराउने फाइलमा टिप्पणी उठेकै दिन चन्द आपूर्ति मन्त्री बनेका थिए भने मण्डल विनाविभागीय भएका थिए । मन्त्रालयमा हाजिर गराउने फाइल आपूर्ति सचिव देवकोटाले मन्त्री चन्दसमक्ष पेस गरे पनि उनले अध्ययन गर्ने बाहनामा सदर नगरी रोकेको खबर नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?