९ कात्तिक, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै कारणले घोषित चुनाव नभए विघटित संसद ब्यूँतिने दाबी गरेका छन् ।
सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्नु पर्ने आदेश दिएपछि प्रचण्डको यो अभिव्यक्ति आएको हो । उनका अनुसार सर्वोच्चको आदेशबारे धारणा सार्वजनिक गर्न एमाले र माओवादीले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।
बिहीबार माओवादी नेता लक्ष्मण पन्तको पुस्तक ‘अाधुनिक नेपालको इतिहास’ विमोचन गर्दै प्रचण्डले भने, ‘मनोनयन गर्दा भइसकेको अवस्थामा निर्वाचन रोकियो भने संसद ब्यूँतिन्छ ।’
उनले अघि भने, ‘त्यसो भयो भने स्थिति जटिल हुन्छ । हामीलाई विश्वास छ सर्वोच्चले यो बुझ्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4